Logo

मछिन्द्रनाथको रथयात्राको विषयमा झडप – युवाहरुको समूहद्वारा एक ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट



Spread the love

१८ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच पुनः झडप भएको छ । रातो मछिन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै स्थानीयले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा पहिलो झडप भएको थियो ।

प्रशासनले बल प्रयोग गरेर रथयात्रा रोकेको थियो । जसको लागि प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेका थिए ।

त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो ।

प्रतिक्रिया दिनुहोस्