Logo

कोरोना भाइरसको नयाँ लक्षण सार्वजनिक



Spread the love

१९ भदाै, एजेन्सी – कोरोना जति फैलिँदै गयो त्यति अध्ययनले नयाँ कुराहरू पत्ता लगाइरहेको छ । यसलाई कसरी निर्मुल पार्न सकिन्छ भनेर वैज्ञानिकहरू दिनरात लागिरहेका छन् भने यसैबीच कोरोनाका नयाँ लक्षणहरू पनि पत्ता लागिरहेका छन् ।

कोरोना भाइरसको बारेमा अध्ययन गरिरहेको बेलायतको एउटा अध्ययनले कोरोना भाइरसको नयाँ लक्षण सार्वजनिक गरेको छ । अध्ययनले सार्वजनिक गरे अनुसार बालबालिकाको पेट दुख्ने, झाडापखाला लागे वा बान्ता भए उनीहरुमा कोरोनाको सङ्क्रमण भएको हुन सक्नेछ ।

यो अध्ययनमा वैज्ञानिकहरूले एक हजार बालबालिका सहभागी गराएका थिए । उक्त अध्ययनमा सहभागी मध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो भने एन्टीबडी पाइएका मध्ये १३ जनालाई पेट दुखेको, झाडापखाला र बान्ता भएको पाइएको बताइएको छ ।

योभन्दा अघि ज्वरो, रुघाखोकी, गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्