Logo

बाढी प्रभावित क्षेत्रमा राहत लिएर गृहमन्त्री पुगे ढोरपाटन



Spread the love

१९ भदौ, काठमाडौं बुधबार राति बागलुङको ढोरपाटनमा गएको बाढीपहिरो पीडितका लागि गृहमन्त्री रामबहादुर थापा राहत लिएर गएका छन् । नेपाली सेनाको एमआई–१७ हेलिकप्टरबाट बाग्लुङ पुगेका गृमन्त्री थापाले प्रभावित समुदायलाई राहत वितरण गरेका हुन् ।

बिहीबार गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर बागलुङको बाढी प्रभावित क्षेत्रमा गएका थिए ।

बाढी र पहिरोले २४ जनालाई बेपत्ता बनाएको थियो । जसमा १४ जनाको शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्