Logo

कार्यभार सकिनुभन्दा एक दिन अघि नै अर्थमन्त्री खतिवडाले दिए राजिनामा



Spread the love

१९ भदाै, काठमाडाैँ – अर्थमन्त्री तथा नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राजिनामा दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनसार खतिवडाले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा दिएका हुन् ।

शुक्रबार बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बसेको थियो । सो बैठकमा खतिवडाले आफ्नो कार्यकालमा गरेका कामहरुको समीक्षा समेत गरेका थिए ।

उनको राष्ट्रिय सभाको कार्यकाल ६ महिना अघि नै पुरा भएको थियो । तर पनि उनी मन्त्री भइरहेका थिए ।

बिहीबारको नेकपा सचिवालयको बैठकले राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमलाई सिफारिस गरेको थियो । त्यसपछि खतिवडाले राजिनामा दिएका हुन् ।

डा. खतिवडाको कार्यभार भदाै २० गते अर्थात् भोली सकिँदै थियो । तर, उनले शुक्रबार नै पदबाट राजिनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्