Logo

आज ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२२ भदौ, काठमाडौं । आज आइतबार थप ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १ ले घटेको छ ।

२४ घण्टा याता ९ सय ७९ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा २९३, मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१/४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, ललितपुर, सर्लाहीका २०/२०, सप्तरी, चितवन र सुर्खेतका १९/१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६/१६ जना र लमजुङका १५ जना, भक्तपुरमा १३, गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६/६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३/३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २/२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्