Logo

कस्ले भनिरहेको छ नेपालमा लकडाउन गर्नुपर्छ भनर ?



Spread the love

२२ भदाै, काठमाडाैँ – व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताइएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्रीसामू जसले व्यापार गर्नुपर्दैन, जसले तलब खुवाउनुपर्दैन, जसको स्वतः तलब आइरहन्छ, उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेका छन् भनेर जानकारी गराएको बताएका छन् । त्यस्तै श्रेष्ठ प्रधानमन्त्री ओली पनि उनको तर्कमा सहमत भएको उल्लेख गरेका छन् ।

श्रेष्ठले बताए अनुसार व्यवसायिहरूले अबको दिनमा आर्थिक क्षेत्र चलायमान नभए कोरोनाले नभइ भोकमरीले मृत्यु हुने स्थिति आउन सक्ने धारणा राखेको समेत बताएका छन् ।

हिजोको व्यवसायी र प्रधानमन्त्री ओलीबीचको भेटमा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडासमेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्