Logo

कोरोनाबाट मृत्यु भएका व्यक्तिको किड्नी निकालिन्छ भनेर अफवाह फैलाउने डाक्टर समातिए



Spread the love

२२ भदाै, काठमाडौँ – पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गैरहेका बेला समाजिक सञ्जालमा अफवाह फैलाउने व्यक्तिहरु पनि उत्तिकै सक्रिय बनेका छन् । यस्तै कोरोनाबारे अफवाह फैलाउने आफुलाई डाक्टर बताउने एक व्यक्ति पक्राउ परेका छन् । कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने आफुलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुब्बालाई सोमबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न युट्युब च्यानलमा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको भन्दै अन्तर्वार्ता दिने सुवास सुब्बा लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्