Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, संक्रमितको संख्यामा कमी



Spread the love

२३ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो १ हजार ८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ११ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७५ हजार २२ जना संक्रमित हुँदा ११ सय २९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ४२ लाख ७७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ३३ लाख २१ हजारभन्दा बढी निको भइसकेका छन् भने ७२ हजार ८ सय १६ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्