Logo

‘कोरोनाले कसैलाई छोड्दैन ‘



Spread the love

२३ भदाै, काठमाडाैँ – कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताएका छन् ।

आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे । अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उनको भनाइ छ ।

कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताए । उनले भने,, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।”

कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ ।

आफू कोभिड बिरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भएपनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उनले सुनाए । उनले भने “ सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोराउन चाहन्छु ।”

विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुटयाएको डा. कार्कीले बताए । कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन । उनले भने, “एक दुई पटक गर्दा गल्ती तर पटक पटक गर्दा त्यही कुरा अपराध हुन्छ ।”

नेपालमा स्रोत साधन नभएपनि मृत्युदर अरु देशभन्दा कम रहेको उनको भनाइ छ । उनले भने,, “हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेको छ ।”

कोरोना अरु भाइरसजस्तै पूर्णरुपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताए । सामाजिक सञ्जालमा डर नफैलाउन पनि उनले सबैलाई अनुरोध गरे । देशभरका २० मेडिकल कलेजमा जनशक्ति र संरचना रहेको उनले जानकारी दिए । उनले ने, “सरकारले आवश्यकता महसुश गर्दा मेडिकल कलेजसँगै अघि बढ्न तयार छ ।”

रासस

प्रतिक्रिया दिनुहोस्