Logo

बन्द भएका विद्यालयहरू खुल्न थाले



Spread the love

२३ भदाै, एजेन्सी – कम्बोडियाका विद्यालयहरू खुल्न थालेका छन् । कोरोना भाइरसका कारण बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका हुन् ।

कोरोना भाइरसको महामारी सुरू भएसँगै कम्बोडियामा विद्यालयहरू बन्द भएका थिए । कम्बोडियामा लगभग ६ महिना विद्यालयहरू बन्द भएका थिए ।

विद्यालय सञ्चालन गर्दा आधारभूत स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने व्यवस्था गरिएको शिक्षा मन्त्री हाङ चौन नारोनले उल्लेख गरेका छन् ।

पठनपाठन गराउने विद्यालयहरूका लागि निश्चित सर्त राखिएको छ । त्यो भनेको सरकारले बनाएको निर्देशिका पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ ।

हरेक शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनु पर्ने, तापक्रम परीक्षण गरिने, नियमितरूपमा हात धुनुपर्ने वा ‘सेनिटाइजर’को प्रयोग गर्नुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने व्यवस्थारू सरकारले बनाएको निर्देशिकामा उल्लेख छ ।

साँढे एक किलोमिटरको दूरी कायम गर्नैपर्ने निर्देशिकामा उल्लेख छ भने कुनै पनि विद्यार्थी तथा शिक्षकमा ३७.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएमा उनीहरूलाई विद्यालयमा प्रवेश गर्न दिइने छैन ।

त्यसैगरी कुनै पनि कक्षाकोठामा २० देखि २५ भन्दा बढी विद्यार्थी नराखिने समेत शिक्षा मन्त्रीले बताएका छन् ।

हरेक हप्तामा दुई वा तीन दिन मात्रै विद्यालयमा उपस्थित हुने र अरु दिन घरबाटै पढ्ने व्यवस्था गरिएको छ।

कोरोना भाइरसको नियणन्त्रणमा कम्बोडिया सफल देखिएको छ । कम्बोडियामा कोरोना भाइरसबाट अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्