Logo

रिचार्ज गर्न तथा ब्यालेन्स बुझ्नका लागि एउटै कोड प्रयोग हुने



Spread the love

काठमाडाैँ – रिचार्ज गर्न सबै सेवा प्रदायकहरूको एउटै कोड प्रयोग हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमहरूका लागि एकद्वार सर्ट कोड लागू गरेसँगै एउटै कोडबाट रिचार्ज गर्न सकिने भएको हो ।

यस अन्तर्गत ब्यालेन्स हाल्ने, ब्यालेन्स बुझ्ने र ब्यालेन्स ट्रान्सफर गर्नेसमम्मका सुविधा सबै सेवाप्रदायककोमा एउटै कोड हुनेछन् ।

अहिलेसम्म हरेक सेवा प्रदायकहरूको यस्ता कोडहरू फरक-फरक थिए ।

तर, अब नेपालमा भएका सबै टेलिकमको सिमकार्डमा ब्यालेन्स रिचार्ज गर्दा १२२ कोड प्रयोगमा आउने छ। त्यस्तै ब्यालेन्स बुझ्नका लागि १४४ र ब्यालेन्स ट्रान्सफरका लागि १४४ कोड लागू हुने भएको छ ।

यो व्यवस्था कम्पनीहरुले ६ महिनाभित्र लागू गरिसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्