Logo

तिन जिल्लामा थपिए ४४ जना कोरोना संक्रमित



Spread the love

२३ भदौ, चितवन । मंगलबार चितवन, पर्सा र बाराकागरि थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ सहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण हुनेमा भरतपुरका १३ जना र रत्ननगरका १ जनासहित चितवनका १४ जना, गैँडाकोटका ४ र कावासोतीका १ जना गरी नवलपुरका ५ जना, नवलपरासी, मकवानपुर र बाराका १/१ जनामा कोरोना संक्रमण देखिएको मेडिकल कलेजले बताएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १३ र बाराका ९ जना गरी थप २२ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए ।

संक्रमण देखिनेमा वीरगञ्ज आर्मी ब्यारेकका १ जना ,तराई अस्पतालका र हेल्थ केयर अस्पतालका ३/३ जना, वीरगञ्ज महानगरपालिका वडा नम्बर १०,१२,१३ र १६ का १/१ जना, कालिकामाई गाउँपालिकामा २ जना, सखुवा प्रसौनी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बारा इलाका प्रहरी कार्यालय बारागढीका एक जना, बाराको कलैया उपमहानगरपालिकाका २ जना, बारागढी गाउँपालिकाका ४ जना,सुवर्ण गाउँपालिका ७ मा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्