Logo

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन मेयरहरुको आग्रह



Spread the love

२३ भदाै, काठमाडाैँ – काठमाडाैँ उपत्यका नगरपालिका मेयर फोरमले निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ । फोरमले सबै नाकामा सेना परिचालन गरी कडाइ गर्दै निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको हो ।

मंगलबार फोरमको बैठक बसेको र सो बैठकमा उपत्यकाका सबै नाकामा सेना परिचालन गरी निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो ।

मेयर फोरमले सरकारको विरोध र समर्थनमा र्‍याली निकाल्ने, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय समेत गरेको छ ।

उद्योग सञ्चालनका लागि कामदार तथा मजदुरका लागि उद्योगभित्रै क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने, सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने र नीजि सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने निर्णय समेत फोरमले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्