Logo

कोरोना विरूद्धको अभियानमा ठूलो धक्का, बेलायतले निर्माण गरेको खोपको परीक्षण रोकियो



Spread the love

२४ भदाै, एजेन्सी – बेलायतले परीक्षण गरिरहेको कोरोना विरूद्धको खोपको परीक्षण स्थगित भएको । तेश्रो चरणको परीक्षणका क्रममा सहभागी एक जना बिरामी भएपछि कोरोना भाइरस विरूद्धको खोपको परीक्षण तत्कालका लागि स्थगित भएको हो ।

एस्ट्राजेनेका खोप लगाएका एक जना व्यक्तिमा एक प्रकारको स्वास्थ्य समस्या देखा परेको छ । कम्पनीले बुधबार बताए अनुसार समस्याको बारेमा भने बताइएको छैन ।

एस्ट्राजेनेका -अक्सफोर्ड भ्याक्सिन हाल विकासको चरणमा रहेका भ्याक्सिनहरूमध्ये सबैभन्दा प्रभावकारीको रूपमा हेरिएको थियो ।

“अक्सफोर्ड कोरोनाभाइरस खोपको अनियमित र नियन्त्रित विश्वव्यापी परीक्षणको भागको रूपमा हाम्रो मानक समीक्षा प्रक्रिया सुरु भएको थियो । हामीले स्वेच्छाले एक स्वतन्त्र समितिद्वारा सुरक्षा डेटाको समीक्षालाई अनुमति दिन खोप रोक्छौं,” एक जना प्रवक्ताले भनेका छन् ।

यो खोपको परीक्षण रोकिएसँगै कोरोना विरूद्धको अभियानमा ठूलो धक्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्