Logo

धरानमा युवतीको रहस्यमय मृत्यु, ४ जना पक्राउ, यस्तो छ घटना विवरण



Spread the love

२४ भदाै, धरान – धरानमा एक जना युवतीको रहस्यमय मृत्यु भएको छ । धरान उपमहानगरपालिका–११ की २२ वर्षीया युवतीको रहस्यमय मृत्यु भएको हो ।

सो मृत्यु प्रकरणपछि प्रहरीले प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भदाै २२ गते सोनी हाङ्मा लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

६१ वर्षीय भीम माबो, २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई प्रहरीले पक्राउ गरेको हो ।

किन छ मृत्यु रहस्यमय ?

भदाै २२ गते ती युवति मृत भेटिएकी थिइन् । मृत भनीएकी युवति झुण्डिएको अवस्थामा भेटिएको भनेर प्रहरीमा खबर पुगेको थियो ।

तर, प्रहरी घटनास्थलमा पुग्दा युवतीको शव झुण्डिएको अवस्थामा भेटिएन ।

सोनीको शव झुण्डिएको अवस्थामा नभेटिएर खाटमा राखिएको अवस्थामा भेटिएको थियो ।

केही महिनाअघि ती युवतीले भागेर आइत माबोसँग भागेर विवाह गरेको बताइएको छ । त्यसपछि सोनीको मृत्यु भएपछि माइती पक्षले मृत्यु रहस्यमय भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।

मृतक सोनीको शरीरमा रातो रातो डामहरू देखिएपनि अन्य चोटपटक भने नदेखिएको बताइएको छ । मृतक सोनीको शव पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्