Logo

‘चीनले कोरोना महामारीको फाइदा उठायो ‘



Spread the love

२४ भदाै, एजेन्सी – अमेरिकी कूटनीतिज्ञले कोरोना महामारीको प्रकोपमा चीनले फाइदा लिइरहेको बताएका छन् । कुटनीतिज्ञ डेभिड स्टिलवेलले वुहानबाट सुरु भएको कोभिड-१९ को प्रकोप भएदेखि चीनले फाइदा लिइरहेको बताएका छन् ।

उनले कोरोना भाइरसको उत्पत्ति सुरू भएदेखि पीआरसी (पीपुल्स रिपब्लिक चाइना) ले फाइदा लिइरहेको उल्लेख गरेका छन् । उनले भारत पनि चीनको फन्डामा परेको बताएका छन् ।

पूर्वी एसियाली र प्रशान्त मामिलाका लागि सहायक सचिवले अमेररिकी विदेशमन्त्री माइक पोम्पिओको टिप्पणी दोहोर्‍याउँदै संयुक्त राज्य अमेरिकाले भारत र चीनबीचको सीमा अवरोधमा शान्तिपूर्ण समाधान हुने आशा व्यक्त गरेका छन् ।

भारतमा कोरोना महामारी फैलिइरहेको अवस्थामा चीनले लद्दाखमा विवाद उत्पन्न गराउन खोजेको समेत दाबी गरेका छन् । उनले चीन भारतको सम्बन्धको बारेका बोल्दै भनेका छन्, ‘”हामी भारत-चीन सीमामा स्थितिको शान्तिपूर्ण समाधानको आशा गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्