Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा बढ्यो, संक्रमितको संख्यामा नयाँ रेकर्ड



Spread the love

२५ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ११ सय ७ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ११ सय ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९५ हजार ५ सय २९ जना संक्रमित हुँदा ११ सय ६८ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ४४ लाख ६२ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ३४ लाख ६६ हजारभन्दा बढी निको भइसकेका छन् भने ७५ हजार ९१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्