Logo

फेसबुक ह्याक हुनबाट यसरी जोगिऔँ



Spread the love

एजेन्सी । अहिले फेसबुक प्राय सबैले प्रयोग गरिरहेका हुन्छाैँ । प्रयोग गर्न सजिलो पनि छ । अझ यो कोरोना महामारीको बेला त फेसबुक धेरैको समय बिताउने साथि समेत बनेको छ ।

साथसाथै अहिले हामी मध्ये धेरैमा अहिले एउटा समस्या देखा पर्ने गरेको छ । त्यो हो हाम्रो फेसबुक ह्याक हुने । फेसबुक अति शंवेदनशील भएकाले यो सुरक्षित हुन जरूरी छ ।

केही सामान्य सेटिङको प्रयोग गरे मात्रै पनि हामीले हाम्रो फेसबुक ह्याक हुनबाट जोगाउन सक्छाै । जसबाट हाम्रा गोप्य म्यासेज तथा डाटाहरू बाहिर हुने सम्भावना कम हुन्छ ।

१. स्ट्रङ पासवर्ड
फेसबुक ह्याक हुनबाट जोगाउने पहिलो उपाय भनेकै स्ट्रङ पार्वर्ड प्रयोग गर्नु हो । यो भनेको सामान्य अनुमान गर्दा नै पत्ता लगाउन सकिनेभन्दा अलि कठीन पासवर्ड प्रयोग गर्नु हो । फेसबुकमा पासवर्ड राख्दा मान्छेको नाम, ठाउँको नाम र मोबाइल नम्बरहरू नराख्नु नै उपयुक्त हुन्छ ।

२. फेसबुकको पासवर्ड अन्यत्र प्रयोग नगर्ने
हामीले अहिले पक्कै पनि फेसबुक मात्रै चलाइरहेका हुदैनाैँ । टिकटक, ट्वीटर तथा इन्स्टाग्राममा समेत हामी सक्रिय हुन्छाैँ । यदी हामीले फेसबुकको पासवर्ड सबैतिर नै प्रयोग गर्याैँ भने हाम्रो फेसबुक ह्याक हुने सम्भावना उच्च हुन्छ । छुट्टाछुट्टै एपका लागि फरकफरक पासवर्ड प्रयोग गर्नु उत्तम हुन जान्छ ।

३. पासवर्ड परीवर्तन गरिरहने
फेसबुक ह्याक हुनबाट जोगाउन पासवर्ड परिवर्तन गरिरहनु पनि उत्तम मानिन्छ । फेसबुक ह्याक हुने समस्याबाट टाढा रहन हरेक ६-६ महिनामा पासवर्ड परिवर्तन गर्नु राम्रो मानिन्छ ।

४. टू फ्याक्टर अथेन्टिकेसन
फेसबुकले प्रयोगकर्ताको अकाउन्ट सुरक्षित गर्नाका लागि विकास गरेको प्रविधि हो, टू फ्याक्टर अथेन्टिकेसन । यसमा फेसबुक नयाँ डिभाइसबाट लग इन गर्दा प्रयोग कर्ताको अनुमति अनिवार्य चाहिन्छ । त्यसो नभएको खण्डमा फेसबुकको पासवर्ड नै कसैले थाहा पाएता पनि लग इन गर्न सक्दैन । यसका लागि तपाइले फेसबुकको सेटिङमा गएर यो सुविधा इनेबल गर्न सक्नुहुनेछ ।

५. लग इन अलर्ट
फेसबुक ह्याक हुनबाट जोगिन यो सेटिङ इनेबल गर्नैपर्ने हुन्छ । किनकी तपाइको फेसबुक कतै लगइन भएको खण्डमा तपाइले सुचना पाउनुहुनेछ । र, तपाइले तुरून्त एक्सन लिन सक्नुहुनेछ ।

६. आफ्नै इमेल र मोबाइल नम्बर प्रयोग गर्नुहोस्
फेसबुक अरू कसैको नम्बर तथा इमेलबाट खोल्नु भएको छ भने तपाइको फेसबुक ह्याक हुने उच्च जोखिममा छ । यसबाट बच्न तपाइले आफ्नै इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्छ । साथसाथै तपाइले रिकभरी इमेल र नम्बर पनि आफ्नै राख्नुपर्ने हुन्छ । जसले फेसबुक ह्याक हुने जोखिमलाई ८० प्रतिशतसम्म कम गराउँछ ।

प्रतिक्रिया दिनुहोस्