Logo

जिल्ला कारागारका ५९ कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि



Spread the love

२५ भदौ, काठमाडौं । सिरहास्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण पाइएको हो ।

यसअघि सिरहा कारागारका २१ कैदी बन्दीलाई कोरोना भाइरस संक्रमण सर्ने भन्दै रिहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्