Logo

आज १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२५ भदौ, काठमाडौं । आज आइतबार थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १६५ ले बढेको छ ।

२४ घण्टा याता १ हजार २ सय ४६ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ४९५ जना, ललितपुरका ४३, भक्तपुरका ३४ जना, बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५/३५ जना, पाल्पाका २९, सुनसरीका २३, संखुवासभाका २२, कास्की र कैलालीका २१/२१ जना, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, झापा र पर्सा ११/११ जना, बर्दियाका १० र बाग्लुङका ९ जना, नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६/६ जना, तनहुँ र सुर्खेतका ५/५ जना, पाँचथर र दाङका ४/४ जना, भोजपुर, दोलखा र धादिङका ३/३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २/२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्