Logo

कारागारमा कोरोनाको परीक्षण बढाउन सर्वोच्चको आदेश



Spread the love

२५ भदौ, काठमाडौ । सर्वोच्च अदालतले कारागारमा कोरोनाको परीक्षण बढाउन सरकारलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले यस्तो आदोश दिएको हो ।

सामाजिक दूरी राख्न असहज हुने, भिडभाड र बन्दकोठा हुने ठाउँमा कोरोना संक्रमण बढ्न सक्ने भन्दै अदालतले कारागारभित्र पिसिआर परीक्षण बढाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्