Logo

नेकपाको महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म गर्ने



Spread the love
फाइल तस्बिर

२६ भदौ, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सकिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको हो।

बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्षद्वयको प्रस्तावमा सदस्यहरुले उठाएका जिज्ञासाको अध्यक्ष दाहालले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्