Logo

आज १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२६ भदौ, काठमाडौं । आज आइतबार थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या २०८ ले बढेको छ ।

२४ घण्टा याता १ हजार २ सय ४६ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ६२० जना, रुपन्देही १०२ जना, कैलालीका ६७, मकवानपुरका ५४, मोरङका ४७, सुनसरीका ४४, सिराहाका ४२, नवलपुर, ललितपुर, भक्तपुरका ३८/३८, नवलपरासीका ३५, कपिलवस्तुका २८, सुर्खेतका २६, गुल्मीका २०, बाँकेका १८, झापा र संखुवासभाका १४/१४ जना, प्युठानका १३, पाल्पाका १२, काभ्रे, कास्की र रुकुम पूर्वका ११ जना, तनहुँका ८ र सर्लाहीका ७ जना, दाङका ५ जना, रौतहट, गोरखा, लमजुङ र डोटीका ६/६ जना, सप्तरी र स्याङ्जाका ४/४ जना, पर्सा, नुवाकोट र रोल्पाका ३/३ जना, धनुषा, बारा, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत र कञ्चनपुरका २/२ जना तथा धादिङ, रामेछाप, बर्दिया र जुम्लाका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । उनीहरुमध्ये ३२२ जनाको मृत्यु भएको छ भने ३६ हजार ६७२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९७२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्