Logo

घरबेटीको कुटाईबाट एक जनाको मृत्यु



Spread the love

२६ भदाै, काठमाडाैँ – घरबेटीको कुटाईबाट एक जनाको मृत्यु भएको छ । काठमाडाैँको कीर्तिपुरमा घरबेटीको कुटाईबाट एक जनाको मृत्यु भएको हो ।

सामान्य विवादपछि ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीमाथि कुटपिट गरेका थिए । त्यसपछि उनले काठको भाटाको प्रहारबाट चाैधरी घाइते भएका थिए ।

कुटपिटबाट घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चाैधरी पहिले प्रेमलाल महर्जन कै घरमा बस्ने गरेको भएता पनि केहीदिन अघि अन्यत्रै बस्न थालेका थिए । तर, आज उनी मापसे गरेर महर्जनसँग झगडा गर्न पुगेको प्रहरीको भनाइ छ ।

उनको पोष्ट मार्टम गरेपछि मृत्युबारे थप विवरण आउने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्