Logo

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु



Spread the love

२७ भदाै काठमाडौं। कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ५ जनाकाे ज्यान गएकाे छ। ललितपुरमा तीन, कास्की र रुपन्देहीमा एक–एक जनाको मृत्यु भएको हो ।

स्याङ्जा पुतलीबजार नगरपालिका एकका ८५ वर्षीय पुरुषको पोखरामा मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा रुपन्देहीको ओमसतिया गाँउपालिका ५ का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत भक्तपुरका ७२ वर्षीय र काठमाडौंका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यस्तै ललितपुरको मेघा अस्पतालमा उपचाररत भक्तपुरका ३८ वर्षीय पुरुषको पनि आज उपचारको क्रममा ज्यान गएको छ ।

त्यस्तै, शुक्रबार साँझ नै चितवनको भरतपुर अस्पतालमा राप्ती नगरपालिका ५ का ६१ वर्षीय पुरुषको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्