Logo

आज १ हजार २ सय १ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२७ भदौ, काठमाडौं । आज आइतबार थप १ हजार २ सय १ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या २५३ ले घटेको छ ।

२४ घण्टा याता १ हजार २ सय १ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ३७७ जना, मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, ललितपुरका ३७, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८/१८ जना, भक्तपुरकमा १७, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०/१० जना र पाल्पाका ९ जना, महोत्तरी र रोल्पाका ८/८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७/७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४/४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३/३, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २/२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्