Logo

सिन्धुपाल्चोक पहिरो अपटेड – मृत्यु हुनेको संख्या ९ पुग्यो, २२ जना अझै बेपत्ता



Spread the love

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका सात घुम्थाङका विभिन्न तीन स्थानमा आइतवार बिहान पहिरो खस्दा ९ जनाको ज्यान गएको छ। चार जना घाइते भएका छन् भने पहिरोमा परि २२ जना अझै बेपत्ता छन् ।

बिहान तीन बजेतिर स्थानीय नाङबुचे, भीरखर्क र डाँडागाउँमा बस्तीमाथिबाट पहिरो खसेर बस्ति पुरेको हो ।

पहिरोले बस्तीका १५ घरमा पुर्ण रुपमा क्षति पुर्‍याएको छ । त्यस्तै, जुगल गाउँपालिका पाँच चनौटेमा पहिरोले आठ घर बगाएको छ ।

पहिरो खसेको स्थानमा प्रहरी, सेना र स्थानीयले उद्धारको कार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्