Logo

काठमाडाैँ महानगरमा मेयर शाक्य कोरोना संक्रमण मुक्त



Spread the love

२८ भदाै, काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाका मेयर कोरोना संक्रमण मुक्त भएका छन् ।

मेयर विद्याशुन्दर शाक्यको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोना संक्रमण मुक्त भएका हुन् ।

मेयर शाक्यमा भदाै १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडाैँको ह्याम्स अस्पतालमा मेयर शाक्यको परीक्षण गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि मेयर शाक्य सोल्टी होटलको भिभिआइपी आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्