Logo

ओली सरकारले भ्रष्टाचारलाई संरक्षण गर्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल



Spread the love

२८ भदाै, काठमाडाैँ – नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली कै संरक्षणमा भ्रष्टाचार बढेको आरोप लागेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले अख्तियार सानातिना मुद्दामा अड्किने र भ्रष्टाचारका ठूला घटनाहरू नजरअन्दाज गरेको आरोप लगाएको छ । आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सीले आरोप लगाएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीका अनुसार प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको छ । उनले उदाहरणका रूपमा बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणलाई दिएका थिए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै रेग्मीले भने, ‘भ्रष्टाचारको मुल भनेको राजनीतिक नेतृत्व तह हो । तलका खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण हुने होइन । यो सम्बन्धमा प्रधानमन्त्रीले बेला बखत म भ्र्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न । शून्य सहनशीलता अपनाउँछु भन्नुभयो तर व्यवहार मा त्यो उतार्न सक्नुभएन । उहाँको भ्रष्टाचारविरुद्धको बोली ओठे प्रतिबद्धता मात्रै देखियो, कार्यान्वयनमा देखिएन । त्यसो होइन भने बालुवाटार जग्गा प्रकरणमा आफ्नो महासचिवलाई कुनै गल्ती गरेको छैन भनेर जोगाउनुभयो ।’

सेक्युरेटी प्रिन्टिङ प्रकरणमा लेनदेनको अडियो सार्वजनिक हुँदा पनि मन्त्रीले कुनै गल्ती गरेको छैन भनेर ढाकछोप गरेको लगायत आरोप रेग्मीले लगाएका छन् ।

दोषीमाथि कडा सजायको माग दाबी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा अरबौँ रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई उन्मुक्ति दिने गरी मुद्दाको फाइल गरिएको प्रति ट्रन्सपरेन्सी इन्टरनेशनलले ध्यानकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्