Logo

टिपरको ठक्करबाट चालककै आमाको मृत्यु



Spread the love

२८ भदाै, नवलपरासी – टिपरको ठक्करबाट चालककै आमाको मृत्यु भएको छ । शनिबार साँझ पश्चिम नवलपरासीमा टिपरले ठक्कर दिंदा सोही चालककी आमाको ज्यान गएको हो ।

पार्किङमा राखेको टिप्परले ठक्कर दिँदा टिप्पर चालककी आमा स्थानीय खेमकुमारी थापाको मृत्यु भएको हो ।

यो घटना नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं. ४ बेलारीमा घटेको हो ।

लु २ ख २२५९ नं. को टिप्पर पार्किङ गरिराखेको थियो । २८ वर्षीय चालक गोबिन्द थापाले टिप्पर निकाल्ने क्रममा आफ्नै आमा ६० वर्षीया खेम कुमारीलाई थापालाई ठक्कर दिए ।

टिप्परको ठक्करबाट गम्भीर घाइते थापाको शनिबार राति पौने ९ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भयो ।

टिप्परले आमालाई ठक्कर दिएपछि गोबिन्दले सोही टिपरमा राखी अस्पताल पुर्याएका थिए । तर, उनको आमाको ज्यान बच्न सकेन ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्