Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

२९ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ११ सय ८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ११ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९३ हजार २ सय १५  जना संक्रमित हुँदा ११ सय ४० जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ४८ लाख ४५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ३७ लाख ७७ हजार भन्दा बढी निको भइसकेका छन् भने ७९ हजार ७ सय ५४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्