Logo

ओम्नी समूह कालोसूचीमा, एक वर्षसम्म खरिदमा सामेल हुन नपाउने



Spread the love

२९ भदौ, काठमाडौं । स्वास्थ्य उपकरण आयातको जिम्मा पाई काम गर्न नसकेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले हिजो, २८ भदौदेखि लागू हुनेगरी १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो।

गत चैत १९ गते स्वास्थ्य सेवा विभागले ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्दै थप कार्वाही गर्ने जनाएको थियो ।

सरकारले विभागमार्फत् कोरोना नियन्त्रणका लागि आवश्यकीय उपकरण ओम्नीसँग ल्याउन सम्झौता गरेपनि तोकिएको समयमा सामान ल्याउन नसकेपछि फेरि ठेक्का रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्