Logo

प्रहरीको प्रतिवेदनमाथि हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण



Spread the love

रौतहट । रौतहटको माधव नारायण नगरपालिकास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या प्रकरणमा प्रहरीले जारी गरेको लिखित प्रतिवेदनप्रति नेपाल विश्व हिन्दु महासंघले घोर आपत्ति जनाएको छ ।

बिज्ञप्ति जारी गर्दै महासंघले प्रहरीको प्रतिवेदनले घटनाको वास्तविकतालाई ढाकछोप गरी सम्पुर्ण साधुसन्त समाजमाथि प्रहार गरेको बताएकाे छ । साथै, महासंघले पुजारीका हत्यारालाई यथाशीघ्र सार्बजनिक गरी सजाय दिलाउने एवम उनको चरित्र हत्या गर्न खोज्ने प्रहरीका अधिकृतहरूमाथि कारबाही गर्न गृह मन्त्रालयलाई समेत ध्यानआकर्षण गराएको छ ।

यसअघि प्रदेश २ को प्रदेश प्रहरी कार्यालयले पुजारीको हत्या लेनदेनको कारण भएको उल्लेख गरेको थियो।साथै, मृतक पुुजारीका भाई तथा परिवारका अन्य सदस्यहरुले प्रहरीको अनुसन्धानप्रति असन्तुष्टी जनाउँदै प्रहरी घटनाको वास्तविक तहसम्म पुुग्न नसकेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्