Logo

कोरोना संक्रमण पुष्टि भए २५ हजार मात्रै पाइने



Spread the love

काठमाडाैँ – कोरोना संक्रमण पुष्टि भएको खण्डमा बिमा गर्नेहरूले बिमा बापत २५ हजारमात्रै पाउने भएका छन् । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गर्दै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएपछि २५ हजार रुपैयाँमात्र दिने व्यवस्था गरेको हो ।

यसभन्दा अगाडी बीमा समितिले कोरोना संक्रमण पुष्टि भएको खण्डमा १ लाख दिने व्यवस्था गरेको थियो । तर, अब कोरोना संक्रमण पुष्टि भएपछि २५ हजार र बाँकी ७५ हजार आइसोलेशन तथा उपचारको बिल भर्पाइकाे आधारमा दिने व्यवस्था गरेको हो ।

बिमा समितिले आइतबारदेखि नयाँ व्यवस्था लागू भएको उल्लेख गर्दै आइतबारसम्म बीमा गर्नेहरुले भने सङ्क्रमण पुष्टि हुनासाथ एक लाख रुपैयाँ पाउने जानकारी दिएको छ ।

बिमाको व्यवस्था परिवर्तन गरेपछि अब नीजि प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएता पनि सो रिपोर्टलाई मान्यता दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्