Logo

मल नल्याउने कम्पनीलाई कालोसूचीमा नराख्न आदेश



Spread the love

३० भदाै, काठमाडाैँ – समयमै मल नल्याउने कम्पनीहरूलाई कालोसूचीमा नराख्न आदेश दिएको छ । उच्च अदालत पाटनले तोकिएको समयमा मल नल्याउने शैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राख्ने निर्णय फिर्ता लिन कृषि सामाग्री कम्पनीलाई आदेश दिएको छ

अदालतका प्रवक्ता शम्भु रेग्मीले दिएको जानकारी अनुसार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले बुधबारसम्म निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

बुधबार रिटका दुवै पक्षलाई बहसका लागि बोलाइएको र सो बहसपछि कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन गर्ने/नगर्नेबारे आदेश जारी हुने बताइएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै समयमै मल नल्लाउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्