Logo

पर्सामा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु



Spread the love

३० भदौ, पर्सा। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । गएराती बाराको डुमरवानाका ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

ती महिला सोमबार अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनी मधुमेह र उच्च रक्तचापको समेत विरामी थिइन् ।

प्रतिक्रिया दिनुहोस्