Logo

दुई दिनसम्म कुलमानलाई पुनर्नियुक्ति नदिएपछि अन्ततः प्राधिकरणका कर्मचारीले गरे विदाइ



Spread the love

३० भदौ, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारीले कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विदाइ गरेका छन् । आज एक कार्यक्रमको आयोजना गर्दै प्राधिकरणका कर्मचारीले घिसिङलाई विदाइ गरेका हुन् ।

त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका थिए ।

घिसिङको ४ वर्षे कार्यकाल आइतबार नै सकिएको थियो ।उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज व्यापकरुपमा उठे पनि सरकार भने यसबारे मौन छ।

प्रतिक्रिया दिनुहोस्