Logo

बिदा हुँदै कुलमानले भने, ‘जुनसुकै नेतृत्व आए पनि यो उर्जा सधैं कायम रहिरहोस्’



Spread the love

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारीले कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विदाइ गरेका छन् । आज एक कार्यक्रमको आयोजना गर्दै प्राधिकरणका कर्मचारीले घिसिङलाई विदाइ गरेका हुन् ।

घिसिङको ४ वर्षे कार्यकाल आइतबार नै सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज व्यापकरुपमा उठे पनि सरकार भने यसबारे मौन छ।

बिदा हुँदै घिसिङले कर्मचारीलाई जुनसुकै नेतृत्व आए पनि उर्जा कायम राखी राख्न आग्रह गरेका छन् । ‘नेतृत्व आउनेजाने भइरहन्छ। यो उर्जा जुनसुकै नेतृत्व आए पनि रहिरहोस्’।

कुलमानले नेतृत्वको परिवर्तन स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै आफूलाई साथ दिने सम्पूर्ण नेपाली जनतालाई धन्यवादसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्