Logo

कुलमानको पुनर्नियुक्ति माग गर्दै माइतिघरमा प्रदर्शन, प्रहरीले हान्यो पानीको फोहोरा



Spread the love

३१ भदौ, काठमाडौं ।प्रहरीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गको पुनर्नियुक्ति माग गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई फोहोरा हानेको छ ।

कार्यकाल पूरा गरी मंगलबार प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

घिसिङको ४ वर्षे कार्यकाल आइतबार नै सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज व्यापकरुपमा उठे पनि सरकार भने यसबारे मौन छ।

प्रतिक्रिया दिनुहोस्