Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी



Spread the love

१ असोज, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार ८१ जनाको मृत्यु भएको छ भने हिजो १६ तारिखमा ११ सय ६३ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ३७ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र २ लाख १ हजार २ सय ७८ जनाको मृत्यु भएको छ भने ६८ लाख २५ हजार भन्दा बढी संक्रमित भएका छन् । ४१ लाख ३ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्