Logo

भारतमा एकैदिन करीब १ लाख कोरोना संक्रमित



Spread the love

१ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो १२ सय ८३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ११ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९७ हजार ८ सय ५९  जना संक्रमित हुँदा ११ सय ३९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ५१ लाख १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ४० लाख २२ हजार भन्दा बढी निको भइसकेका छन् भने ८३ हजार २ सय ३० जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ । भारतमा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्