Logo

कुलमान घिसिङलाई पुन : चार वर्षे कार्यकालका लागि प्रस्ताव पेश – उर्जामन्त्रीको सचिवालय



Spread the love

१ असोज, काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन : चार वर्षे कार्यकालका लागि प्रस्ताव पेस गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको उनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले जानकारी दिए।

कार्यकाल पूरा गरी मंगलबार प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरुले विभिन्न ठाँउमा प्रदर्शनमा उत्रिएका थिए ।

घिसिङको ४ वर्षे कार्यकाल आइतबार नै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्