Logo

कन्ट्रयाक ट्रेसिङमा परे शेरबहादुर देउवा, सत्तारुढ र प्रतिपक्षीबीचको छलफल स्थगित



Spread the love

१ असोज, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन् । देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका हुन् ।

आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित भएको छ ।

देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्