Logo

आन्तरिक उडान असोज ५ गतेबाट मात्रै सुरु हुने



Spread the love

१ असोज, काठमाडौं । महामारीको रुपमा कोरोनाभाइरस फैलिएपछि स्थगित भएको आन्तरिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरे पनि आवश्यक तयारी नपुग्ने भन्दै असोज ५ बाट मात्रै उडान अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

कोरोनाका कारण बन्द भएको करिब ६ महिनापछि सुरु हुन लागेको नियमित उडानमा विमानले क्षमताको आधा मात्र यात्रु राख्न पाउने सरकारले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्