Logo

नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित



Spread the love

१ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन्।

बिहीबार सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

सरकारले भदौ २९ गते नेकपाका उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिश गरेको थियो ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्