Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

२ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ११ सय ३९ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ११ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ९६ हजार ७ सय ९३  जना संक्रमित हुँदा ११ सय ७४ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ५२ लाख १२ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ४१ लाख ९ हजार भन्दा बढी निको भइसकेका छन् भने ८४ हजार ४ सय ४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्