Logo

चश्मा लगाउने व्यक्तिहरूलाई कोरोना संक्रमणको कम जोखिम



Spread the love

२ असोज, एजेन्सी – चश्मा लगाउने व्यक्तिहरूलाई कोरोना संक्रमणको जोखिम कम हुने अध्ययनले देखाएको छ । चीनको नचाङ युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

सो अध्ययनमा भनिएको छ की, ‘चस्माको फ्रेमले कोरोना सर्ने प्रकृयामा अवरोध सिर्जना गर्दछ ।’

चीनका वैज्ञानिकहरूले गरेको त्यो अध्ययन जामा अप्थाल्मोलोजीमा प्रकाशित भएको छ । सो रिपोर्ट मा उल्लेख गरिए अनुसार चश्मा लगाउने २७६ जना बिरामीहरू जनवरीको २७ तारिखदेखि मार्च १३ सम्ममा भर्ना भएका थिए ।

त्यी कोरोनाका बिरामीहरूमध्ये जम्मा ३० जना बिरामीहरू चश्मा लगाउने थिए । जुन प्रतिशतमा १०.९ हो । त्यसमा पनि १६ जना नजिकको देख्नमा कजोर थिए भने अन्य १४ जना टाढाको देख्नमा ।

कोरोना संक्रमण मुख, कान, आँखा तथा नाकबाट हुने र चश्मा लगाउँदा कोरोना संक्रमणमा अवरोध सिर्जना गर्ने अध्ययनको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्