Logo

कोरोना संक्रमणबाट ललितपुरमा थप ४ जनाको मृत्यु



Spread the love

३ असोज, ललितपुर । कोरोना संक्रमणबाट ललितपुरका विभिन्न अस्पतालमा चार जनाको ज्यान गएको छ। ललितपुरको पाटन अस्पतालमा तीन जनाको र मेघा अस्पतालमा एकजनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

ललितपुरकी ६८ र ७६ वर्षीया दुई महिला र सर्लाहीका ६० वर्षीय एक पुरुषको पाटन अस्पतालमा हिजो बेलुकी तथा भक्तपुरकी ९० वर्षीया महिलाको मेघा अस्पतालमा आज बिहान ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्