३ असार, काठमाडाैँ – अभिनेता राजेश हमालले नेपाली चलचित्रमा प्राविधिकका रुपमा काम गरेका ११३ जनालाई आर्थिक सहयोग गरेका छन् ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनले समस्यामा परेका नेपाली चलचित्रमा प्राविधिककालाई आर्थिक सहयोग गरेका हुन् ।
हमालले पाल प्राविधिक संघले आयोजना गरेको एक कार्यक्रममा जनही पाँच हजार रुपैयाँले ११३ जना प्राविधिकलाई सहयोग गरेका हुन् ।
नेपाल चलचित्र प्राविधिक संघमा १५ सयजना प्राविधिकको नाम सूचीकृत छ ।
प्रतिक्रिया दिनुहोस्