Logo

पानीमा ब्याक्टेरिया फैलिएपछि ३३० हात्ती मरे



Spread the love

५ असोज, एजेन्सी – अफ्रिकी राष्ट्र बोत्स्वानामा सयाैँ हात्तिको मृत्युको रहस्य पत्ता लागेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पशु स्वास्थ्य अधिकारीहरूले बताए अनुसार पानीमा फैलिएको ब्याक्टेरियाको इन्फेक्सनका कारण हात्तिहरू मरेको बताएका छन् ।

बोत्स्वाना हात्तीहरूको घरको रूपमा लिइन्छ । त्यहाँ संसारको एक तिहाइ हात्ति रहेको बताइन्छ ।

ओकाभांगोको डेल्टामा मे र जुनको बीचमा कैयाैँ हात्तिहरूको शव देखिएपछि सतर्कता अपनाइएको थियो ।

साइनोब्याक्टेरियाका कारण ३३० हात्तिको रहस्यमय मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

विषाक्त ब्याक्टेरियाहरू स्वाभाविक रूपमा जमेको पानीमा देखा पर्न सक्छन् भने कहिलेकाँहि ठूलो रूपमा जुन निलो-हरियो अवस्थामा बढ्ने समेत बताइएको छ ।

बोत्स्वानामा करीब १ लाख ३० हजार हात्तिहरू रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्